arrow

बुद्ध जयन्तीको अघिल्लो दिन विश्व सम्पदा स्थलमा चिनियाँको अनधिकृत कार्यक्रम 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० वैशाख २१ बिहिबार
lumbini-chinese-program-2023.jpg

लुम्बिनी । विश्व सम्पदा स्थलमा कुनै पनि राजनैतिक कार्यक्रम गर्न नपाइनेमा चिनियाँ केही नेताहरु सहभागी भएर लुम्बिनीमा कार्यक्रम गरेको पाइएको छ । 

बुद्ध जयन्तीको अघिल्लो दिन चिनियाँ टोलीले लुम्बिनीमा कार्यक्रम गरेको हो । जबकि युनेस्कोले विश्व सम्पदा स्थलमा कुनै अन्य देशलाई प्रोपगण्डाका लागि कुनै पनि कार्यक्रम गर्न मनाही गरेको छ । 

लुम्बिनीमा शुक्रबार बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाका अवसरमा विशेष कार्यक्रमको आयोजना हुँदैछ । त्यसका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ । तर त्यसकै फाइदा उठाउँदै चिनियाँले कार्यक्रम गरेको हो । 

लुम्बिनी विकास कोषले भने आजका लागि कार्यक्रम गर्न दिइएको भन्दै पन्छिएको छ । सूचना अधिकारी हरिध्वज राईका अनुसार आजका लागि कार्यक्रम गर्न दिइएको हो । उनले कोषका पदाधिकारीमार्फत स्वीकृति लिएर कार्यक्रम गर्न दिइएको बताए । 

उनले के र कस्तो कार्यक्रम भनेर ख्याल नगरी अरुहरुले पनि गरेकाले आफूहरुले पनि दिएको उल्लेख गरे । 

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीका सहयोगी भोला गुप्ताले पनि आजका लागि कार्यक्रम गर्न दिइएको पुष्टि गरे । 

उत्सव मनाउन आएका दुई सय जना जति सहभागी भएर कार्यक्रम गरेको भन्दै राईले लुम्बिनीको विकासका लागि कार्यक्रम गरेकोसमेत बताएका छन् । 

उनले यसअघिका वर्षमा पनि कार्यक्रम गर्न दिइएकाले यसपालि पनि दिइएको बताएका बताएका छन् । 

कोषले यसरी कार्यक्रमको प्रयोजन नै थाहा नपाई हचुवाको भरमा कुनै प्रोपगन्डा फैलाउने कार्यक्रम गर्न दिनु भने पक्कै पनि विडम्बनापूर्ण विषय हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ