arrow

आर्सनलले अंक दूरी घटायो, म्यानयूले तेस्रो हुने अवसर गुमायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
arsenal-2023.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनलले न्यूकासल युनाइटेडलाई हराएको छ । आइतबार राति न्यूकासलको घरेलु मैदानमा आर्सनलले २–० को जित निकालेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड एक गोल गरे । लण्डन क्लबले फाबियन शारको एक आत्मघाती गोल उपहार स्वरुप प्राप्त गर्यो ।

खेलको १४ औं मिनेटमा मार्टिनको गोलमा आर्सनलले अग्रता बनाएको थियो । जोर्गिन्होको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । खेलको ७१ औं मिनेटमा फाबियनले एक आत्मघाती गोल गरेपछि आर्सनलको जित सहज बन्यो । 

जित सहित आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ ।

आर्सनलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ । हारका बाबजुद पनि न्यूकासल तेस्रो स्थानमा छ । 

यता  म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेको छ । म्यानयूलाई १–० ले हराउँदै वेष्टह्याम युनाइटेडले जित हासिल गरेको हो । खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्यो । 

यस हारसँगै म्यानयूको तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ  । 

अंक तालिका 
३४ खेलबाट ८२ अंकसहित म्यानसिटी शीर्ष स्थानमा कायमै छ । ३५ खेलबाट ८१ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । 

३४ खेलबाट ६५ अंकसहित न्यूकासल तेस्रो तथा ३४ खेलबाटै ६३ अंकबाट म्यानयू चौथो स्थानमा छ । लिभरपुल ३५ खेलबाट ६२ अंकसहित पाँचौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ