arrow

मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्रीको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
delhibahadur-chaudhary-oath-2080-01-15.jpg

लुम्बिनी ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । 

मुख्यमन्त्री चौधरीले दुई-चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । “सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने, “दुई-चार दिनमै मन्त्रिमण्डल विस्तार हुन्छ ।”

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् । यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो । 

लुम्बिनीमा १० मन्त्रालय छन् । गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन-तीन, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक-एक सदस्य तथा एक जना स्वतन्त्र सदस्य छन् । विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सदस्य रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ