arrow

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज मन्त्रिपरिषद् विस्तार गर्दै

logo
नारायण वली,
प्रकाशित २०८० जेठ ८ सोमबार
Dilli_Bahadur_Chaudhary.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार सोमबार आज हुने भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

यसरी नयाँ मन्त्रीको रुपमा रुपन्देहीका चन्द्रकेश गुप्ता, दाङका राजु खनाल र बाँकेका भण्डारीलाल अहिरको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बताएको छ। कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१) बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१) बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् । आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुलाई पनि जिम्मेवारी तोक्ने तयारी रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ