arrow

सेतोकालो पोशाक लगाएर थाईल्याण्डका जनताद्वारा शोक व्यक्त

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
Thailand_people_king.jpeg
बैंकक। बैंककमा रहेका नागरिकले आफ्ना प्रिय राजा भूमीबोल अदुल्यादेजको निधनमा निङ्ख्खुर कालो तथा कालो र सेतो मिश्रण पोशाक लगाएर शुक्रवार शोक व्यक्त गरेका छन् । 
 
विश्व कै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा अदुल्यादेजको बिहीबार ८८ वर्षको उमेरमा देहान्त भएको थियो । 
 
थाइल्याण्डका सवै वेभसाइटमा सेतोकालो पोतिएको छ भने सपिङ मलका स्क्रिनमा ठुला–ठुला अक्षरमा “राजाप्रति गहिरो शोक” भनि लेखेको सञ्चार माध्यमले जनाएका छन् 
 
सामाजिक सञ्जालमा पनि थाइल्याण्डवासीले आफ्नो ‘प्रोफाइल’ तस्वीरहरु पनि कालोसेतो (ब्ल्याक र ह्वाइट) बनाएका छन् । गहिरो शोक व्यक्त गर्दै सामाजिक सञ्चारको आफ्ना वाल राजाको फोटो राखेका छन् । सरकारी भवन तथा कार्यालयमा पनि कालोसेतो रिवन टाँगिएको छ । 
 
थाइ प्रधानमन्त्री प्रायुथ चान ओचा र मन्त्रीपरिषद्का सदस्य राजदरबार, पूजास्थलमा गएर बुद्ध धर्माबलम्वीले राजाको शोकमा आयोजना गरेको शोक समारोहमा सहभागी हुनुभएको थियो । 
 
थाइ सरकारको निर्णयअनुसार राजधानीभरी राष्ट्रिय झन्डा आधा झुकाइएको छ । 
 
उहाँको शव शुक्रवार नै उहाँको निधन भएको अस्पताल सिरिराज अस्पतालबाट राजदरबारमा लगिने भएको छ । 
 
बुद्ध धर्माबलम्वीको अन्त्येष्टीको परम्पराअनुसार उहाँका उत्तराधिकारी ६४ वर्षीय युवराज महा विजारालोन्कोनले उहाँको शवलाई नुहाइदिएर अन्त्येष्टी गर्नुुहुनेछ । 
 
राष्ट्रपतिका रुपमा रहेका भूमीबोल जस्तो अर्को राजा कोही हँुदैन जस्तो अधिकांश थाइबासीलाई लागेको सम्बाददाताले जनाएका छन् । 
 
थाइल्याण्डको संविधान र दरबार कानुनअनुसार युवराज महा विजारालोन्कोन अव राजा बन्नुहुने छ । विराजालोन्कोनले पिताको अन्त्येष्टीको काम सकिएपछि मात्रै राजगद्दी आरोहणको प्रक्रिया सुरु गर्ने र अहिले हतार नगर्न आग्रह गर्नुभएको छ । 
 
थाइल्यान्ड सरकारले उहाँको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ । 
 
थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका राजा भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त हुनुहुन्थ्यो । 
 
सन् १९४६ मा बैंककको राजदरबारमा भएको गोलीकाण्डमा राजा आनन्दको मृत्यु भएपछि १८ वर्षको उमेरमा भूमिबोलले राजगद्दी सम्हाल्नुभएको थियो । 
 
प्रजातान्त्रिक शासनद्वारा थाइल्यान्डको प्रगति देख्ने दिवङ्गत राजाले देश सङ्कटमा पुगेका बेला सन् १९७३ देखि १९९२ मा आफ्नो महत्वपूर्ण भूमिकामार्फत देशलाई एकताबद्ध गर्दै अघि बढ्नुभएको थियो । 
 
दिवङ्गत नरेश भूमिबोलको जस्तै नेतृत्व पाउन नसकेमा पटकपटक सत्तामा पुगे पनि नरेश भूमिबोलको अगाडि राजनीतिक कौशलता प्रदर्शन गर्न नसकेका कारण सत्ता बाहिर रहन पुगेका थिए । 
 
दल तथा नेताहरूबीचको द्वन्द्वका कारण कतै थाइल्यान्डले राजनीतिक अनिश्चितताको सामना गर्नुपर्ने त होइन भन्ने विचार शोकाकुल नागरिकको चिन्ताको विषय बनेको छ । रासस-एएफपी-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ