arrow

गुल्मीमा दशैंमा सराय नाचको आकर्षणः प्रतियोगिताले तान्यो युवा

logo
कौरव खत्री,
प्रकाशित २०७३ असोज ३० आइतबार
photo-saraya-nach.jpeg
गुल्मीमा विजया दशमीको दिनदेखि कोजाग्रत पूणिमासम्म जिल्लाका विभिन्न कोटघर शक्तिपिठ, मठमन्दिर लगायतमा ऐतिहासिक र परम्परागत सराय नाच सञ्चालन हुने गर्दछ ।
 
यस्तै सराय नाचका बारेमा पृथ्वी उच्च माध्यमिक विद्यालय बडागाँउका शिक्षक गुप्तबहादुर कार्कीले भन्नुभयो पछिल्लो बर्षहरुमा आएर सराय नाचमा युवा पुस्ताहरुको चासो र सक्रियता बढ्नु  सराय नाचको सुखद कुरा भएको बताए । 
 
उनले अहिले सराय नाच प्रतिस्पधात्मक बन्दै जानु र उत्कृष्टलाई पुरस्कारले सम्मान गर्नुले पनि युवा पुस्ताहरुको सराय नाचतर्फ कला संस्कृतिको सिको गदै जानु सबैका लागि गौरवको कुरा भएकोसमेत बताए ।
 
सराय नाचमा बालकदेखि बुढापाकासम्म सबै पञ्चेबाजाको तालमा एउटा छुट्टै भेषभूषामा सजिएर सराय नाचमा उत्साहका साथ नाच्नुले दशैको साँस्कृतिक झझल्को दिने गर्दछन्  ।
 
 यस्तै अर्का जानकार खड्कदेवता पुजा व्यवस्थापन समितिका मुसिकोट दरवारका कोषाध्यक्ष यमबहादुर खत्रील असत्य माथि सत्यको विजय उत्सवका रुपमा सराय नाचिने धार्मिक प्रचलन रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ