के गर्दै छस् त आज भोली ?
के हुनु यार आइएलटिएसको डेट लिएर बसेको छु, त नि ?
भिसाको पर्खाइमा, बिश्वबिद्यालयले त पक्का गरिसक्यो, पहिला नै आईज भन्नु भएको थियो दाईले गईन अब त नेपालमा बस्नै नसकिने भैसक्यो, कती छिटो जाउ हुन थालिसक्यो यार, अनि कुन देशमा एप्लाइ गर्ने होस् तैले ?
तेरो त लागि हाल्छ नि भिसा, अब हेर यार पिआर पाउन सजिलो जाहाँ हुन्छ त्यतै एप्लाइ गर्ने हो, कन्सल्टेन्सीमा नि बुझ्दै नै छु ।
क्याफेमा युवाहरुका यस्ता यस्ता कुरा सुन्दा लाग्छ, अहिले नेपालमा बसेका अत्याधिक ब्यक्तिको मनमा विदेश कसरी जाने, कुन देश जाँदा राम्रो होला, कता पिआर लिन सजिलो होला लगायतका बिचारहरु निरन्तर आईरहेका हुन्छन् । त्यस्तो अवस्थामा नेपालको बिकास, उन्नति अनि प्रगतिबारे कसले बिचार गर्ला, कसले रणनीति बनाउला अनि कसरी होला नेपाल सम्वृद्ध ?
आफूलाई फाईदा हुने उपायहरु हामी विदेशीबाट जसरी पनि सिक्न सक्छौ तर देश सम्बृद्ध बनाउने उपाय हामीले सिक्नै सकेनौ भन्ने भान हुन्छ, बाहिर यस्ता यस्ता कृयाकलापहरु देख्दा;
जस्तै:
पश्चिमाहरुले राज्यलाई कर तिर्दै विभिन्न व्यवसाय गरे नागरिक देश सम्बृद्ध बन्दै गयो तर हाम्रो देशमा अरु बस्तु र सेवा व्यवसायको अवसर नदेखेर हो या किन हो देशमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु मुख्यतया फस्टाए ।
ठिकै हुने थियो शिक्षा स्वास्थ्यका उद्योग खुलेको भए, सायद अनुसन्धान हुन्थ्यो होला, समाधान निकाल्न सहयोगि हुन्थ्यो होला तर भएन त्यस्तो गरिएन जनहितका कार्यहरु ।
केहि कुरामा सरकारले कडाई गर्दा ठुला ठुला स्वर सुनिन्छन् मानवाधिकार हनन भयो, यस्तो भयो उस्तो भयो तर राज्यलाई आफुले पूर्ण कर तिर्नु पर्छ, राज्य प्रतिको जिम्मेवारीपुरा गर्नु पर्छ भन्ने कानुन छ भन्ने थाह नै हुदैन । यहा त कर छल्नेहरु बिरुद्ध अध्ययन थाल्दा सरकारी कर्मचारीहरु नै फेरिन्छन्, कर छल्नेहरु निर्धक्क हिड्छन्, ब्यवसाय गर्छन् । अचम्म लाग्छ, कान नै रन्थनिन्छ त्यस्ता व्यक्तिका कुरा सुन्दा; जुन ब्यबहार आफुले गर्छन् त्यो प्रवृति ठिक होइन त भन्छन् तर आफू नै त्याग्दैनन् ।
यस्तै हुने हो भने केही बर्ष पछी नेपाल केवल कमजोर, खुरापाती, पाखण्डी, स्वार्थीहरुको बहुमत प्राप्त देश हुने सम्भावना बढेर गएको छ । अहिले १७-३५ बर्षका अत्याधिक युवाहरु नेपाल छोड्ने अवसर नै नपाएर नेपालमा बसिरहेका छन् भन्ने भान हुन्छ र निरन्तर अवसरको खोजी गर्दैछन अवसर मिल्ने बित्तिकै नेपाल छोडिरहेको भिन्ना भिन्नै दृश्य पनि देखिन्छन् , ३५-६० को पुस्ता, आफु त यतै बसियो बाहिर गएका साथीहरुले निकै प्रगति गरे, देशमै केही गर्नुपर्छ भनियो तर खासै केही गर्न सकिएन सुबिधा सम्पन्न जीवन बिताउने अवसर आफुले त गुमाईयो गुमाईयो भनी पछुतो मान्दैछन् । अब यस्तै भएमा छोरा छोरीहरुलाई बाहिर जाउ भन्ने हो भन्ने सोच बनाएर बसेको देखिन्छ ।
को बस्दै छ त रहरले नेपालमा ?
६० नाघेका पुस्ता मात्रै खुसीले नेपालमा बसेको छन, उनीहरु चाहन्छन देशमै मर्न पाए पुर्खासंग भेट हुने थियो कि ? इष्टमित्र यतै छन् अब यतै मर्ने हो, छोरो आईहाल्छ, भिडियोमा कुरा भईहाल्छ यता आनन्द छ, उताको न भाषा बुझिन्छ न केही नत्र त उतै बस्न हुन्थ्यो ।
जुन पुस्ता नेपालमा खुसीले बसेको छ, उसंग न देश बिकास गर्न सक्ने सामर्थ्य छ नत दृष्टिकोण नै ।
कसले बनाउने त नेपाल ?
अहिलेको पुस्ताको ( युवाहरु ) आशा भनेको ४०-६० को पुस्ता र ६० नाघेका केही इमान्दार र बिबेकी ब्यक्तिहरुबाट हो, यदी तपाईहरुले पनि अहिले भएको युवाको समर्थन र सहयोगलाई उपयोग गरी देशलाई सम्वृद्धिको बाटोमा डोर्याउने तत्परता, साहस र सामर्थ्य देखाउन नसकेमा हाम्रो देशमा रहेको फोहरी राजनीति र परनिर्भरताको अन्त्य कहिले पनि हुने छैन ।
सबैले आफ्नो घर बनाउनु छ । केही सोच्दै छन्, देश बने हाम्रो घर पनि त बन्ने नै थियो भनेर तर जोखिम लिन तत्पर कोही छैन, म पनि एक्लै जोखिम लिन त सक्दैन नि, सबै यस्तै सोच्छौ । जीवन बुझेका संसार घुमेका र आफ्नो जीवनकालमा सम्वृद्धी पाएका ब्यक्तिहरु पनि सकिएला र हामीले गर्न भन्दै चुप लाग्छन अनि पो दुख लाग्छ । अहिलेका अत्याधिक राजनीतिज्ञबाट त कसिलाई देश बिकास हुन्छ भन्ने आशा नै छैन ।
नेपाल बनाउन र युवाहरुको साथ र समर्थन लिन अहिलेको भन्दा निकै असहज अवस्था १०-१५ बर्ष पछी हुने निश्चित छ । अहिले धेरै ३०-५० बर्षका क्षमतावान व्यक्तिहरु नेपालमा नै छन्, उनिहरु दिन रात नभनी काम गर्न तत्पर छन्, युवाहरुको सङ्ख्या पनि उल्लेख्य छ तर अबको १०-१५ बर्ष पछि अहिलेको ३०-५० उमेर समूह निष्क्रिय हुनेछ भने अहिलेका राम्रा र क्षमतावान युवाहरूले देश छोडी सकेका हुनेछन, उक्त अवस्थामा नेतृत्वलाई बुझ्ने, मान्ने र सहयोग गर्ने समूह निकै कम हुने निश्चित छ ।
किनभने. एसएलसी कै नतीजालाई आधार मान्दा, राम्रो अंक ल्याउनेहरु बिज्ञान पढ्छन् अनि पछी डाक्टर अनि ईन्जिनियर, त्यसैगरी व्यवस्थापनका राम्रा कोहि सिए त कोहि अन्य राम्रा बिषय; धेरै राम्रा अंक ल्याउने विद्यार्थीको पहिलो रोजाई, बैदेशिक अध्यन अनि पिआर नै हुन्छ, नेपालमै पढेकाले नि क्षमता अनुसारको काम नपाउदा बिदेशिन खोज्छन् । नेपालकै लोक सेवा आयोगमा पनि सङ्ख्याका हिसावले निकै भएता क्षमताका हिसावाले प्रतिस्पर्धा निकै कमजोरी छ, निजामती सेवामा अब्बल विद्यार्थीको चाहना निरन्तर घट्दो छ । अबका केही बर्ष पनि यस्तै अवस्था रहने हो भने निजामती क्षेत्रमा उत्कृष्ट प्रशासक कम हुने निश्चित छ । तसर्थ अहिले जनताको बिकासको चाहना पुरा गर्न र देशलाई सम्बृद्ध बनाउन आफ्नो जीवन कालमा सफल भएका, इमान्दार, देशलाई केही दिएका, समाजको बिकासमा रमाउने ब्यक्तिहरुको राजनीतीमा प्रवेश अपरिहार्य छ, जसमा सक्षम, क्षमतावान युवाहरुको सहभागिता सुनिश्चित हुनु पर्ने छ ।
यदी नेपालमा राजनैतिक सुद्धिकरणका लागि अहिले कुनै बाद वा कुनै सिद्धान्त होइन केवल ईमान्दार नेतृत्त्वको आवश्यकता छ । त्यस्तो नेतृत्त्व जसले ब्यक्तिगत लाभलिने ठाउमा पुगेर पनि देशलाई मात्रै बनाएको होस्, जसले नियम र कानुन मानेको होस्, त्यस्तो समूह राजनीतिमा प्रवेश गरेमा जनताले बिश्वाश गर्ने निश्चित छ । किनभने जनता अव अधिकारका खोष्टा सब्द होइन् बिकास, परिवर्तन र जीवनस्तरमा सुधार चाहन्छन । एउटै जस्तो राजनैतिक अवस्था र समाज भएको छिमेकी भारतमा जसरी अरविन्द केजरीवालले विश्वास पाए, अफगानिस्तानमा असरफ घानीले अनि श्रीलंकामा मैत्रिपला सिरिसेनाले।
विश्वासिलो नेतृत्त्वले आफ्नो संख घोष गर्न ढिलो भईसकेको छ, जनता विकल्पको बेग्र प्रतिक्षामा छन् तर रबिन्द्र मिश्र, डा स्वर्णिम वाग्ले र लिलामणि पौडेलको शब्दमा भन्दा नयाँ चामलको बोरामा पुरानो चामलकै प्रतिक्षामा होइनन्; चामल, बोरा, प्रबिधि सम्पूर्ण नयाँ हुन् र प्रबिधि चलाउन जान्ने ब्यक्ति पदमा पुग्नु भन्ने अत्याधिक जनताको चाहना भएको मैले पाएको छु र जनता जस्तो सुकै कार्य गर्न पनि तत्पर छन् , केवल शंखघोषको प्रतिक्षामा छन् ।