arrow

महानगरले किन चलायो भद्रकुमारी घले सदनमा डोजर ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
bhadrakumari-ghale-sewasadan.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन शुरु गरेको छ । 

काठमाडौँ महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भन्दै सो सेवा सदनको भवन भत्काउने काम शुरु गरेको हो । 

समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि सो भवनमा आश्रय दिँदै आउनु भएको छ । 

यता महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानूनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको जनाएको छ । 

महानगरपालिकाका नगर प्रहरी वल प्रमुख राजुनाथ पाण्डेले अनधिकृत रुपमा बनेका संरचना भत्काउनु परेको बताए । 

उनले कानूनी राज्यमा कानून अनुसार काम हुने भन्दै आफूहरुले सोही अनुसार सो सदनको अनधिकृत भवन भत्काउने काम शुरु गरेको बताए । 

नगरप्रहरी प्रमुख पाण्डेले आश्रय लिइरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकहरुको पनि महानगरपालिकाले आश्रयको व्यवस्था गर्ने आश्वासन दिए । 

यता, सामाजिक संघ, संस्थाहरुले भने समाजसेवाको क्षेत्रमा समर्पित सो सदन भत्काउने काम गरेको भन्दै काठमाडौँ महानगरपालिकाको विरोध गरेका छन् । 

उनीहरुले पूर्व जानकारीसमेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुलाई आश्रय दिने काम गरिरहेको सो सदनको भवन भत्काउने महानगरपालिकाको कदमलाई अत्याचारको संज्ञा दिएका छन् । 

जबरजस्ती ढंगले सो सदनको भवन भत्काउने काम गर्नु गलत भएको राउटे लोपोन्मुख सिमान्तकृत उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताइन् ।

अन्य संस्थाहरुले पनि सो सदनलाई महानगरपालिकाले प्रयोगमा ल्याउनुपर्नेमा भत्काउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ