arrow

मकैको कोयाबाट गुडिया [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
corn-husk-2080-04-20 (16).jpg

काठमाडौँ । पाटनको हाखा चुसिका नानी गल्ली सुरु हुने मोडको दुई घर पार गरेपछि पुगिन्छ सिस्टर्स क्रियसन एण्ड क्याफे । मानिसहरुले यो क्याफेलाई मकैको कोयाबाट पुतली वा गुडिया बनाउने ठाउँको रुपमा पनि चिन्छन् ।

पहिला तीन दिदी बहिनीको संयुक्त प्रयासबाट सुरु भएको मकैको कोयाबाट गुडिया बनाउने कलालाई व्यवसायिक रुपमा अझै पनि निरन्तर चलाइरहेकी छिन् लक्ष्मी नकर्मीले । २० वर्षको हुँदा एक म्यागेजिनमा अमेरिकामा केही मानिसहरुले मकैको कोया (कर्न हस्क) बाट गुडिया र विभिन्न कलाकृति बनाउने गरेको पढेकी लक्ष्मीले त्यहींबाट प्रेरित भएर आफ्ना दिदी बहिनीहरुसँग मिलेर यसको सुरुआत गरिन् ।
“नेपालमा सजिलै पनि पाइन्छ मकैको खोया र यसको सुत्ला पनि यत्तिकै फालिएको हुन्छ । मैले म्यागेजिनमा यसको उपयोग भएको देखेपछि हामी दिदीबहिनी मिलेर त्यसबाट गुडिया र विभिन्न आकृति बनाउन सुरु गर्यौं ।” लक्ष्मीले भनिन् ।

सुरुआती दिनमा गुडिया बनाउँदा केही गल्ती भएको भए पनि उनले तिनै गल्तीबाट सिक्दै आफ्नो कलालाई निखार्दै ल्याइन् । मकैको सुत्ला र खोयाबाट गुडिया बनाउन थालेको ३ दशक भइसक्दा अहिले उनको कला निकै तिखारिएको छ ।

“मलाई सधैं नयाँ नयाँ कुरा परिक्षण गर्न मन पर्छ । मैले विशेषतः नेपाली जातजाती र तिनको भेषभुषालाई प्रतिबिम्बित गर्ने गरि गुडियाहरु बनाउने गरेको छु । कहिलेकाहिँ ग्राहकहरुको अर्डर अनुसार पनि मैले बनाउने गरेको छु ।”

सुरुआती समयमा ३ दिदीबहिनीले संयुक्त रुपमा शुरु गरेको भए पनि विवाह पश्चात उनले मात्रै यसलाई प्रत्यक्ष रुपमा निरन्तरता दिएकी छिन् । उनका २ दिदीबहिनी अप्रत्यक्ष रुपमा भए पनि उनको यस व्यवसायमा जोडिएका छन् ।

अहिले उनको यो व्यवसायमा ५ जना सहयोगी छन् । तीमध्ये अधिकांशले बोल्न र सुन्न सक्दैनन् । उनीहरु सबैलाई यहीँ लक्ष्मीले नै तालिम दिएर दक्ष बनाएकी छिन् ।

“सुरुआती समयमा त मलाई अलिक गाह्रो भएको थियो तर अहिले निकै सहज र छिटो छिटो काम गर्न सक्छु मैले पनि ।” विगत सात वर्षदेखि यहीं काम गर्दै आएकी संगिता सुनुवारले नयाँ पत्रिकालाई सांकेतिक भाषामा बुझाइन् ।

यहाँ बन्ने गरेका गुडियाको मुख्य विशेषता भनेकै पुनः प्रयोग गर्न मिल्ने वस्तुको प्रयोग नै हो । काठको धुलो, मकैको खोया र सुत्ला, कपडा, लोक्ता कागज, तार लगायतका वस्तु प्रयोग गरेर गुडिया बनाउने गरिन्छ ।

यहाँ मुख्यतयाः जातीय भेषमा रहेका गुडियाहरु बन्ने गरेका छन् । जसलाई तयार गर्न एकजनालाई २ दिनसम्मको समय लाग्छ तर कार्यविभाजन गरेर काम गरिने हुँदा एक घण्टा भन्दा पनि कम समयमा एउटा सानो गुडिया तयार हुन्छ ।

“आफ्नो कला र संस्कृतिलाई कहिल्यै पनि मासिन वा हराएर जान नदिनको लागि जातीय भेषभुषालाई विशेष ग्राहयता दिएको छु । मैले सुरुआती समयमा गुडिया बनाएर साथीहरुलाई गिफ्ट दिनको लागि लग्थेँ तर साथीहरुले सित्तैमा केही पनि लिन हुन्न भनेर केही रुपैयाँ दिन्थे । पछि विस्तारै मैले यसलाई व्यवसायकै रुपमा अघि बढाएँ ।” नकर्मीले भनिन् । (फोटो लाइब्रेरीबाट)

corn-husk-2080-04-20 (1).jpg
corn-husk-2080-04-20 (2).jpg
corn-husk-2080-04-20 (3).jpg
corn-husk-2080-04-20 (4).jpg
corn-husk-2080-04-20 (5).jpg
corn-husk-2080-04-20 (6).jpg
corn-husk-2080-04-20 (7).jpg
corn-husk-2080-04-20 (8).jpg
corn-husk-2080-04-20 (9).jpg
corn-husk-2080-04-20 (10).jpg
corn-husk-2080-04-20 (11).jpg
corn-husk-2080-04-20 (12).jpg
corn-husk-2080-04-20 (13).jpg
corn-husk-2080-04-20 (14).jpg
corn-husk-2080-04-20 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ