arrow

महानगरको एक करोड बीस लाख झ्वाम, अख्तियार बेखबर

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
birjung-metro-corruption.jpg

वीरगञ्ज । आफैँले बनाएको विशिष्टीकरण (स्पेसिफिकेसन) परिवर्तन गरी वीरगञ्ज महानगरपालिकाभित्र मेयर राजेशमान सिंहको प्रत्यक्ष संलग्नतामा एक करोड २० लाख रुपैयाँ भ्रष्टाचार भएको छ । 

वीरगञ्ज महानगरपालिका भित्र ३२ ओटा वडा रहेको र सो वडाहरुको फोहर संकलन गर्नको लागि ३२ ओटा ट्रयाक्टर खरिद गर्न गत आर्थिक वर्ष असोज २६ गते ई–बिडिङ टेण्डर आह्वान गरिएको थियो । 

टेण्डर आह्वान गर्दा तीन सिलिन्डरको विशिष्टीकरण उल्लेख गरिएको थियो । त्यसमा तुलस्यान ट्रयाक्टर्स, नेपाल ट्रेड एन्ड सर्भिस लिंक, खेसारी चन्द्र वर्णवाल, ओमनी अटो मोबाइल्स र अर्थ अटोबिल्स प्राली ले आवेदन दिएका थिए । सबैभन्दा कम दररेट तुलस्यान ट्रयाक्टर्सको रहेको थियो ।

मेयर राजेशमान सिंहका सहयोगी व्यापारी रवि मानन्धर प्राविधिक कारणले सो टेण्डर प्रक्रियामा सहभागी हुन नपाएपछि मेयर सिंहको ठाडो आदेशमा सो टेण्डर रद्द गरिएको थियो  ।

पाँच महिनापछि महानगरपालिकाका प्राविधिकहरुले प्रतिस्पर्धा हुने मोडेलको ट्रयाक्टर छनोट नगरी तीन सिलिन्डरको ठाउँमा एक सिलिन्डरको विशिष्टीकरण गत चैत १६ गते अर्को बोलपत्र आह्वान गर्‍यो । 

जसमा मेयर सिंहका साथी रवि मानन्धर बाहेक कसैले टेण्डर हाल्ने अवस्था भएन । रविको विना एग्रो इन्टरप्राइजेजले आयश र कम्पनीको ट्रयाक्टर र टेलर गरी  जम्मा आठ लाख ५० हजार पर्ने प्रति ट्रयाक्टरलाई १२ लाख २५ हजारको दरले महानगरले खरिद गरी तीन करोड ९२ लाख भुक्तानी गरेको छ ।

प्रति ट्रयाक्टर तीन लाख ७५ हजारको दरले बढी भुक्तानी गरेर मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल लगायतका कर्मचारीहरुको मिलिभगतमा एक करोड २० लाख रुपैयाँ भागबण्डा गरिएको छ ।

महानगरपालिकाभित्र चरम भ्रष्टाचार र वेथिति मौलाउँदै गएको भएता पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक संस्थाहरुको ध्यानाकर्षण नहुनु विडम्बनापूर्ण स्थिति रहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ