arrow

राजदूतावासमा छानिछानी मेहमान्, को नयाँ को पुरानो ?(टिप्पणी)

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
dutabas @.jpg.jpeg
काठमाडौं । मधेस आन्दोलनसंग जोडिएको भारतीय नाकाबन्दीबारे सडक, चोक, चिया पसल, कार्यालय, संघ, संगठन जहाँ तही विभिन्न अड्कलवाजी भइरहनु नौलो होइन । यद्यपि, आन्दोलनरत मधेसी मोर्चाको दिल्ली भेट र सरकारको मौनताको विषयभित्रै निकै तथ्यहरु लुकेका छन् । जसको असली दृश्य मुलुकभित्रबाटै लुकाउने प्रयास भएकामा कुनै दुविधा छैन ।
 
लामो समयदेखि आन्दोलन जारी रहँदा र नाकाबन्दी लम्बिँदा दुःखका तर्क न्यून सुनिए । तर, खुसी र ठट्टाका तर्क बढीनै सुनिएका छन् । हिजो र आज दुःख गर्ने नागरिकहरुको केही स्थिति खराब भएको ठिक साँचो हो । यद्यपि, जसको शक्ति उसको भक्ति यसताका समेत लागू भयो । हाल सम्म भोकले मानवीय क्षति भएको कुनै खबर आएको छैन । त्यसको साटो बरु नागरिकले सेवा पाउन सास्ती पाएका र ठगि तथा कालोबजारीको चरम मारमा परेका खबर बढी सुनिए । समयानुसार जीवनशैली फेरिएको छ । हिजो आज नयाँ नयाँ प्रयोग हुन थालेको छ । बेलाबखतमा हुने प्रयोगशालाको बहस समेत अब पुरानो भइसकेको छ । अब नयाँ स्वरुप र नयाँ शक्तिको बसहले प्रवेश पाइसकेको छ । 
 
त्यस्तै नेपाली राजनीतिमा समेत नयाँ–नयाँ प्रयोग भइरहेको छ । जम्बो सरकार, जम्बो मन्त्रीमण्डल बनाउने कुरा पनि पुरानो भइसक्यो । तर, छिमेकीसंगको सम्बन्ध पूरानो हुन नसकेको सत्य हो । रीति पूरानै तर, सम्बन्ध र संस्कार नयाँ । जसकारण छिमेकी नयाँ बनिरहयो । नयाँ–नयाँ रणनीति अपनाइरहयो । झट्ट हेर्दा वर्तमान राष्ट्रवाद जस्तो कोरा शब्द नै लाग्न सक्छन् । खास धरातल यही हो  । छिमेकीप्रतिको अतिवादले प्रष्ट्याउँछ छिमेकी नयाँ कि पुरानो ! प्रसंग छिमेकी भारतप्रतिको नेपाली वितृष्णा । नाकाबन्दी हेपाह प्रवृति, अधिनायकवादी आदी इत्यादी जे भनेपनि अन्ततः छिमेकीले आफुलाई नयाँ ठान्यो वा पुरानो भन्ने नै महत्वपूर्ण हो । भन्दा आदर्शको रुवमा रोटी बेटीको सम्बन्ध जे भनेपनि छिमेकीले बुझ्ने र खेल्ने खेलमा मात्रै हर्ष वा विष्मात हुन्छ । 
 
यस्तै, नयाँ प्रयोग र नयाँ स्वाद चाख्दै छ नेपाली राजनीति । नेपाली राजनीतिज्ञहरु छानिछानि सम्बन्धमा बाँधिने वा बाहिरिने क्रम जारी छ । शुक्रबार पनि नेपाली राजनीतिमा नयाँ प्रयोग भयो । नेपालका लागि भारतीय राजदूत रणजित रायले विभिन्न दलका नेताहरुलाई काठमाडौंस्थित भारतीय राजदूतावासमा दिवाभोजन गराए । जहाँ अधिकांश बेल्कुलै नयाँ अनुहार थिए । जो नयाँ अनुहार छिमेकीको नजरमा राम्रा वा खराब दुवै लाग्छन् ।  
 
दिवाभोजमा सत्तापक्ष, प्रमुख विपक्षी दल तथा मधेसी दलका सांसदहरु सहभागी भए । राजदूतावासमा दिवाभोजन गर्ने उपसभामुख गंगाप्रसाद यादव, कांग्रेस सांसद विमलेन्द्र निधि, अमरेशकुमार सिंह नयाँ अनुहार होइनन् । तर, कांग्रेसकै आनन्ददेव ढुंगाना, एमालेका सुरेन्द्र पाण्डे, वंशिधर मिश्र अलिक नयाँ अनुहार हुन् । जसलाई छिमेकीप्रति माया र घृणा उत्तिकै छ । 
 
यस्तै, दिवाभोजमा जाने अन्यमा एमाओवादीका प्रभु साह, रविन्द्रप्रताप शाह, राप्रपाका दीपक बोहरा, जयन्त चन्द, राप्रपा नेपालका दिलनाथ गिरी, सुशील श्रेष्ठलगायत छन् । यी मध्ये पनि केही नयाँ अनुहार नै हुन् । यीलगायत अन्य नयाँ अनुहारपनि दूतावासमा देखिए । यद्यपि, धेरैका आँखा अमरेशकुमार सिंह, विमलेन्द्र निधि, सुरेन्द्र पाण्डे, बंशिधर मिश्र र रविन्द्रप्रताप शाहमा अडिए । अमरेश विखण्डकारी हुन् भन्ने दृष्टिकोणबाट भोज खानेबीचमा अग्ला देखिए । विमलेन्द्र नेपाली निर्माणकम्पनी र नेपाली विज्ञानमा विश्वास नगर्ने र भारतसंग चलखेल गर्ने दृष्टिबाट अलिक चिल्ला देखिए ।
 
सुरेन्द्र पाण्डे, बंशिधर मिश्र र रविन्द्रप्रताप शाहको नाम भ्रष्टाचारमा संलग्न २९ व्यक्तिको सूचीमा परेकै कारण बढी अग्ला देखिए । आश्चर्य छिमेकी मुलुकका राजदूतले छानिछानी नयाँ व्यक्तिसंग मुख मिठा गर्नुमा छ । प्रसंग कोट्याएकामा कतिपयले अतिवाद नभन्लान भन्न सकिँदैन । यद्यपि, अख्तियार प्रमुखको कदमलाई शुद्धिकरण भन्नुस् वा उल्झन । उनले आफै गुलेली चलाए वा मट्याङग्रा बने । यस उपरान्त हतासमा गर्न थालिएका कयौं गल्तीहरुको तस्वीर खोज्नु अपरिहार्य । तातो बहस !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ