एजेन्सी । बलिउडमा दबंग सीरीजको चलचित्र ‘दबंग-३’ लाई लिएर नयाँ अडकल काट्न थालिएको छ । भारतीय एक मनोरन्जन म्यागजिनकना अनुसार अभिनेत्री काजोललाई ‘दबंग-३’ को लागि सलमान खानको अपोजिट रोलमा अफर गरिएको छ ।
सो कुराको अरबाज खान प्रोडक्शनबाट कुनै अधिकारिक धारणा भने सार्वजनीक भएको छैन । यदि अभिनेत्री काजोल र सलमान एक साथ चलचित्रमा अभिनय गरे भने यो उनिहरुको तेस्रो चलचित्र हुनेछ । यो भन्दा पहिला सलमान-काजोलले चलचित्र ‘प्यार किया तो डरना क्या ‘ र ‘कुछ-कुछ होता हे’ मा एकै साथ काम गरेका थिए ।