arrow

खुल्यो हिमाल, हाँस्यो नेपाल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ । लगातारको झरीपछि उपत्यकासँगै देशभर मौसम खुलेको छ । मौसम खुलेसँगै काठमाडौँ उपत्यका परिपरि देखिने गणेश, लाङ्टाङ, दोर्जे लाक्पाका शिखरहरु छङ्गै देखिएका छ्न् ।

आज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन(चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए । 

“तर पनि हिजो र आजको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब भोलिदेखि भारी वर्षा भने हुन्न”, उनले भने । उनले आज राति भने केही ठाउँमा भारी वर्षा हुनसक्ने बताए ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । 

weather-peak-2080-06-18 (1).jpg
weather-peak-2080-06-18 (2).jpg
weather-peak-2080-06-18 (3).jpg
weather-peak-2080-06-18 (4).jpg
weather-peak-2080-06-18 (5).jpg
weather-peak-2080-06-18 (6).jpg
weather-peak-2080-06-18 (7).jpg
weather-peak-2080-06-18 (8).jpg
weather-peak-2080-06-18 (9).jpg
weather-peak-2080-06-18 (10).jpg
weather-peak-2080-06-18 (11).jpg
weather-peak-2080-06-18 (12).jpg
weather-peak-2080-06-18 (13).jpg
weather-peak-2080-06-18 (14).jpg
weather-peak-2080-06-18 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ