arrow

इजरेलमा नेपालीको हताहती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
np-saud-2080-10-21.jpg

काठमाडौं । इजरेल आक्रमणमा परि केही नेपाली हताहती भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका अनुसार १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क विहीन भएका छन् । मन्त्री साउदले दक्षिण इजरेलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत नेपाली विद्यार्थीहरू हताहती भएको बताए । 

सो स्थानमा १७ जना विद्यार्थीहरू रहेकामा २ जना सकुशल अवस्थामा रहेका, ३ जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरूको अवस्थाको यकिन गर्न नसकिएको उनले जानकारी दिए । 

मन्त्री साउदले आज नै परराष्ट्र मन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्ने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ