- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ । काठमाडौँ महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ ।
भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाले बिहीबार अपरान्ह पछि राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि नेपाल आइसकेका छन् ।
महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौँ महानगरमा विशिष्ट व्यक्तिलाई कुनै पनि बेला आउनका लागि स्वागत छ भन्नका लागि साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको जानकारी दिए ।
राष्ट्रपति मुखर्जीलाई काठमाडौँको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले जनाएको छ । रासस