arrow

हात्ती आक्रमणबाट तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
elephant_in_Sri.jpeg
तस्बिर-फाइल

झापा । एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको मृत्यु भएको हो । 

आज बिहान पनि वडा नं २ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको मृत्यु भएको छ । 

बिहान मर्निङ वाकमा हिँड्ने क्रममा सोही वडाको पारोखापीमा उनलाई हात्तीले कुल्चेर मारेको हो । 

यसैगरी, मङ्सिर १५ गते हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन हात्तीको आक्रमणमा मारिएका थिए । 

त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका-२ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए । उनका अनुसार सो अवधिमा दुई वटा हात्ती पनि मरेका छन् । 

डेढ महिनायता झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । 

भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ