बक्यौतामा प्राधिकरणको ध्यानः घोराहीसहित चार उद्योगको विद्युत काटियो
नारायण वली,
प्रकाशित २०८० पुष १० मंगलबार
811
Shares
लुम्बिनी। 'सानालाई ऐन, ठूलालाई चेन' भन्ने नजिरलाई नेपाल विद्युत प्राधिकरणले चिर्न खोजेको छ । ठूला उद्योगको रुपमा सञ्चान हुँदै आएका सिमेन्ट उद्योगहरुले लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत विद्युत् महसुल नतिरेको र तिर्नलाई पटकपटक गरिएको ताकेतालाई बेवास्ता गरिएकाले त्यस्ता उद्योगहरुको लाइन शुक्रबार काटिएको छ । यसरी विद्युत उपभोग गरेर महसुल नबुझाउने दाङको घोराही सिमेन्ट उद्योगसहित चार वटा उद्योगको पनि विद्युत काटिएको छ ।
प्राधिकरणका अनुसार घोराही सिमेन्टले एक अर्ब ३६ करोड, जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले एक अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड रुपैयाँ महसुल बुझाउन बाँकी रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
उनले भने, 'हामीले पटकपटक आग्रह गर्दा पनि बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको हो ।'