arrow

विद्यार्थीलाई स्वेटर बाँड्दै नेविसंघ 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० पुष २६ बिहिबार
nebisangh-sweater-provide.jpg

गौरादह । झापाको गौरादहका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघले न्यानो कपडा स्वेटर वितरण गरेको छ ।

कमजोर आर्थिक अवस्था तथा विपन्न वर्गलाई लक्षित राख्दै बढ्दो चिसोको समयमा विद्यार्थीलाई नेविसंघ नगर समितिले स्वेटर वितरण गरेको नेविसंघ नगर सभापति कबिन्द्र चुडालले जानकारी दिए ।

बिहीबार गौरादह नगरपालिका वडा नं ८ मा अवस्थित अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत  ३० जना विद्यार्थीलाई वितरण गरिएको उनले बताए । 

संघले केही दिनअघि गौरादहकै वडा नं ५ मा अवस्थित जनज्योति प्राविमा अध्ययनरत २५ जना विद्यार्थीलाई र गौरादह ४ मा अवस्थित भिमसेन आधारभूत विद्यालयमा अध्ययनरत २५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको चुडालले जनाए । 

नेविसंघले चाँडै गौरादहका अन्य केही विद्यालयहरुमा स्कुल झोला वितरण गर्ने कार्यक्रम राखेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ