arrow

जाडोमा जंगल सफारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
wildlife-chitwan-national-p.jpg

चितवन । अहिलेको मौसम हिमाली भेगमा हिउँ पर्दैछ । पहाड र तराईमा कतै हुस्सु लाग्ने त कतै शीतलहरको बेला छ । सामान्यतया माघ अन्तिमसम्मै देशभर तापक्रम न्युन नै रहन्छ ।

जाडोले हाम्रो दैनिकजीवनमा पक्कै पनि असर गर्छ,  हामी घरभित्र न्यानो भएर बस्छौँ । यस्तो जाडो मौसममा जङ्गलमा बस्ने जनावर चराचुरुङ्गीहरु के गरिरहेका होलान् ? चितवन राष्ट्रिय  निकुञ्जमा जाडोमा जनावर र चराचुरुङ्गीको दिनचर्या हेर्ने छौँ ।

भर्खरै मात्र भरतपुर महानगरपालिकाले अङ्ग्रेजी नयाँ वर्षलाई भ्रमण वर्ष घोषणा गरेको छ । चिसो मौसममा  धेरैजसो जनावरहरु घाम ताप्न बाहिर निस्कने भएकाले जाडो मौसमा पनि धेरै प्रजातिका चराचुरुंगी र जनावरहरु देख्न सकिन्छ। 

तर जाडोमा बाह्य पर्यटकहरुको चहलपहल भने कम हुने गर्दछ । जाडो बिदामा विद्यालयको भ्रमण र विद्यार्थीहरुको बिदा हुने भएकाले फ्याट फुट्ट आन्तरिक पर्यटकको  चहलपहल भने सौराहा बजार तथा निकुञ्ज क्षेत्रतिर कायम नै छ ।

निकुञ्जको बिहानी घाम नलागी हुस्सुबाट शुरु हुन्छ। जाडोले घाम लागेको दिनमा घाम ताप्न जनावरहरु हिँडिरहेको देख्न सक्छौँ ।

नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुहरुको मुख्य बासस्थान क्षेत्र हो । यो नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा २०३० साल असोज ४ गते (सन् १९७३ सेप्टेम्बर २०) स्थापना भएको हो । 

नेपालका विभिन्न स्थानका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक पनि पुग्ने गर्दछन् । निकुञ्जको यसको क्षेत्रफल ९५२ दशमलब ६ वर्ग किलोमिटर रहेको छ ।

यसले चितवन, मकवानपुर, पर्सा र नवलपुर जिल्लाका केही भूभागहरूलाई ओगटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालले ढाकेको छ ।

निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

wildlife-chitwan-national-park-2080-npl (1).jpg
wildlife-chitwan-national-park-2080-npl (2).jpg
wildlife-chitwan-national-park-2080-npl (3).jpg
wildlife-chitwan-national-park-2080-npl (4).jpg
wildlife-chitwan-national-park-2080-npl (5).jpg
wildlife-chitwan-national-park-2080-npl (6).jpg
wildlife-chitwan-national-park-2080-npl (7).jpg
wildlife-chitwan-national-park-2080-npl (8).jpg
wildlife-chitwan-national-park-2080-npl (9).jpg
wildlife-chitwan-national-park-2080-npl (10).jpg
wildlife-chitwan-national-park-2080-npl (11).jpg
wildlife-chitwan-national-park-2080-npl (12).jpg
wildlife-chitwan-national-park-2080-npl (13).jpg
wildlife-chitwan-national-park-2080-npl (14).jpg
wildlife-chitwan-national-park-2080-npl (15).jpg
wildlife-chitwan-national-park-2080-npl (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ