arrow

तिनाउमा बोरे दोहनभित्र लुकेको रहस्य

तिनाउमा बोरे दोहनः बेरोजगार स्थानीय दिनभर संकलन गर्ने, टोल अध्यक्षदेखि पेशेवर तस्करको रजाइँ

logo
नारायण वली,
प्रकाशित २०८० माघ २२ सोमबार
tinau-bora-Dohan2.jpg

लुम्बिनी । बुटवलस्थित तिनाउ नदीमा नदीजन्य पदार्थको अवैध बोरे दोहन साम्राज्यले प्रहरी र उपमहानगरलाई ठाडो चुनौती दिँदै आएको छ । प्रहरी र स्थानीय तहको पहुँच नजिकै दिउँसै दोहन हुँदा प्रहरी मौन, जिल्ला समन्वय समिति नियामक निकाय अधिकार नभएको भन्दै अधिकारविहीन र उपमहानगर बेखवर जस्तै बनेपछि स्थानीयहरुको बेरोजगारीको फाइदा उठाउँदै नदीमा प्रयोग गरी बुद्धनगर र देवीनगरका अघोषित पेशेवर तस्करहरुको रजगज बढ्दै गएको छ ।

तिनाउ किनारमा बसेकाहरुलाई प्रयोग गर्दै जीविकोपार्जनका नाममा बोरामा नदीजन्य पदार्थ उठाउन लगाउने तस्करका गिरोहहरुले रातिको समयमा निकासी गर्दै आएको पाइएको हो ।

बोरामा नदीजन्य पदार्थ उठाएर चोरी निकासी गर्नेहरुको धन्दा मौलाउँदै जाँदा प्रहरी प्रशासन मौन देखिन्छ भने बुटवल उपमहानगर बेखवर जस्तै ।  

बुटवल उपमहानगरपालिका वडा नं ११ र १७ रानीगञ्जमा नदीजन्य पदार्थको चोरी कानूनको सीमा नाघेर हुँदा पनि प्रहरी मौन बस्नु लज्जास्पदको विषय बनेको छ । 

जसका कारण वातावरणीय प्रभाव मूल्यांकनमा प्रत्यक्ष असर पुग्नुको साथै नदिमा गहिरा खाल्डाखुल्डी बनेका छन् । जथाभावी नदीजन्य पदार्थ तस्करी गर्नेहरुले योगिकुटी रानीगञ्ज जोड्ने तिनाउमा बनाइएको नयाँ पुल नजिक र पुल मुनिबाट तीव्र उत्खनन् गर्दै आएकाले उक्त पुल जोखिममा पर्ने देखिएको छ।

बुद्धनगर देवीनगर जोड्ने पुल पनि उच्च जोखिममा रहेको र बुटवलको बुद्धनगर, पवित्रानगर, प्रगतिनगर, मजुवा क्षेत्रमा बढेको नदीजन्य पदार्थको उत्खननले लाखौँका तटबन्धसमेत खतरामा पर्ने बताइएको छ । 

ठूलो सेटिङ रहेको स्थानीयको आरोप छ । नदीमा मानिसहरुको बाक्लो संख्यामा उत्खनन् भइरहेको देखिपछि मैले नगरप्रहरीलाई पठाइदिनु पर्यो भनेर बिहान ११ बजे फोन गरेको नगरप्रहरीले दिउँसो ३ बजे फोन फर्काएको बुटवल उपमहानगर वडा नं ११ वडासदस्य नकुल शाहीले बताए ।

"उनी भन्छन्, माघ २० गते  तिनाउ नदी प्रभावित क्षेत्रका टोल अध्यक्षहरु सहितको अनुगमन तथा चोरी निकासी रोकथाम समितिको अनुगमन पश्चात् समीक्षा बैठक बस्यौँ', चोरी निकासी रोक्न कडाइको साथ लाग्ने निर्णय गर्नुको साथै अवैध तस्करीमा केही टोल अध्यक्षको प्रत्यक्ष संलग्नता भएको निष्कर्ष निस्किएको थियो । त्यसलाई गम्भीररुपमा ध्यान दिएका छौँ ।" 

'तिनाउको जोखिममा रहेको प्रगतिनगरस्थित करिडोरले विस्थापित हुनेहरुले सबैभन्दा धेरै अवैध उत्खनन् गर आएको एक स्थानीय समाजसेवीले बताएका छन् ।'

नदीजन्य पदार्थ दोहन गर्दै आएका तस्करहरुले अव्यवस्थित रुपमा अवैध कार्य गर्दै आउँदा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले भने आफूहरुले वातावरणीय प्रभाव मूल्यांकन भए नभएको हेर्ने बाहेक कारबाही गर्ने अधिकार प्रत्याभूत गरेको छैन । यसको ठेक्का लगाउने र नियमन गर्ने जिम्मेवारी स्थानीय निकायलाई दिएकाले तस्करी भएको देख्दा पनि केही गर्न नसकिएको जनाएको छ ।

अन्ततः उपमहानगरको ध्यान
माघ १५ गते जनप्रतिनिधि, टोल अध्यक्ष र स्थानीयहरुको एक टोली अनुगमनमा खटिएको बेला खोलामै संकलन गरी राखिएको ठूलो मात्रामा १ हजार २ सय बोरा भेटिएपछि स्काभेटरको प्रयोग गरी उक्त नदिजन्य पदार्थलाई खोलामै फालियो । 

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नदीबाट अवैध रुपमा मगरघाट नजिकै तिनाउ खोला दोहन गर्नेहरुलाई कारबाही गहिरो छ । यसविरुद्ध अप्रेशन चलाएर गैरकानूनी रुपमा तस्करी गर्ने जोकोहीलाई नछाड्ने बताए । उनले भने, 'ईरिक्सा, ट्याक्टर  र ट्रकहरु उक्त गलत कार्यमा भेटिए कडा कारबाही गरिने र नामावलीसमेत प्रकाशित गरिने बताउँदै उक्त कार्यमा सबैले दिनुपर्ने भन्दै नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रणमा ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संलग्न स्थानीय यसो भन्छन्:
तिनाउमा दिनभरी बोरामा नदीजन्य पदार्थको उत्खनन् गर्दै आएका संलग्न स्थानीयहरु भन्छन्, ठूलोमा रातीमा सवारी नदीमा हालेर तस्करी गर्नेहरुलाई नदेख्ने उपमहानगरले हामी घर चलाउनका लागि बाध्यताले बालुवा भरेर बेच्नेलाई देख्यो ।  

कयौँ दिन बोरामा उठाएको नदीजन्य पदार्थ खोलामै फालिदिएपछि आक्रोशित भएकाहरुले सरकारले आफूहरुलाई रोजगारी दिन पनि नसक्ने र बालुवा चालेर पनि खान नदिने अब हामीले कसरी घर चलाउने ? भन्दै प्रश्न गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ