arrow

राष्ट्रियसभा ‘लर्ड’ र ‘भारदार’हरुको सभा होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
upper-house2.jpg

काठमाडौँ। राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउन दलहरु एकताबद्ध हुनुपर्ने बताएका छन्  । राष्ट्रियसभाको पन्ध्रौँ अविधेशनअन्तर्गत सोमबार भएको पहिलो बैठकमा उनले व्यवस्थामाथि प्रश्न उठाउनेका सम्बन्धमा राज्यले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए ।
 
पछिल्लो छ वर्षको अवधिमा राष्ट्रियसभाले महत्वपूर्ण कार्यसम्पादन गरेको उल्लेख गर्दै सांसद शर्माले राष्ट्रियसभाको औचित्य छैन भन्नु गलत भएको बताए । 

“सानातिना कमजोरी देखाएर राष्ट्रियसभाको औचित्यमाथि प्रश्न उठाउने गरिएको छ । यो बेलायतको लर्डहरुको सभा होइन, राजाहरुले बनाउने भारदारहरुको सभा पनि होइन, यो संविधानसभाबाट जारी संविधानले परिकल्पना गरेको स्थानीय र प्रदेशका प्रतिनिधिले निर्वाचित गर्ने अविच्छिन्न र स्थायी सभा हो”, शर्माले भने, “राष्ट्रियसभाको औचित्य र सार्थकतालाई नयाँ ढङ्गले पूरा गर्नुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ