arrow

डिजिटल कर्णाली कन्क्लेभ फागुनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
karnali-digital-conclave-20.jpg

काठमाडौँ । आगामी फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता हुनेछ । 

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० भन्दा बढी विज्ञ र सरोकारवालाहरु वक्ताको रुपमा रहनेछन् । 

सुर्खेत, वीरेन्द्रनगरगरस्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरुबाट पनि सम्बन्धित मन्त्री र सचिवहरुलाई निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।

कन्क्लेभमा ४ ओटा महत्वपूर्ण कि नोट प्रस्तुति र ६ ओटा प्यानल सेसनहरु रहेका छन् । यसैगरी नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरुको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताका कुराहरुबाट कार्यक्रमको शुरुआत हुनेछ भने डिजिटल रुपान्तरणको प्रतिबद्धता र टेक अवेको रुपमा कार्यक्रमलाई समापन गरिनेछ । 

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोहोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरुले जानकारी दिएका छन् । २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीको विश्वास छ । 

राष्ट्रिय तथा स्थानीय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानीय उत्पादन, कृषि, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्न पनि कन्क्लेभले जोड दिनेछ । नेतृत्वमा बस्ने र नीति निमार्णमा पनि डिजिटल बुझाइको ग्याप रहेको हुँदा कन्क्लेभले डिजिटल साक्षरतामा पनि जोड दिने मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका संस्थाहरुलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । 

शिक्षा, स्वास्थ, कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रहरुमा प्रविधिको प्रयोगमार्फत भइरहेका सकारात्मक प्रयासहरुलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ । 

डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका इनिसिएटिभहरु वेबसाइट www.digitalkarnali.com मार्फत बुझाउन सकिने पनि जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ