arrow

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर..

logo
जनक पाण्डे,
प्रकाशित २०७३ मंसिर २ बिहिबार
janak.jpeg

नेपालदेखी अमेरिकासम्मको राजनीति गर्न समेत पछि नपर्ने नेपाली पत्रकारिता र जनशंकाको चक्रमा पर्दै गईरहेका नेपालमा सञ्चालित गैरसरकारी सामाजिक संस्थाहरु एउटै तराजुमा जोखिन्छन, कहिलेकाँहि । बिक्रम सम्बत १९५५ स्रावण महिनाबाट औपचारिक रुपमा नेपालबाटै सुधासागर मासिक पत्रिका र राज्य स्तरबाट १९५८ मा गोरखापत्र दैनिक प्रकाशन सुरुवात गरिएसंगै नेपाली पत्रकारिताको संस्थागत बिकाशमा जग बसाईयो । समय अन्तरालमा बिभिन्न राजनैतिक परिघटनासंगै यो पेशामा पनि उतार चढावहरु आए । यसले पनि आफुलाई अहिलेको राजनीतिक उपलब्धी अनुरुप राष्ट्रिय सर्वाङ्गिण बिकाशका नयाँ नीति नियमलाई आत्मसात गरेको छ । साथै निश्पक्ष पत्रकारिताको माध्यमबाट आर्थिक जनस्तर उठाउन मद्दत पुर्याउने र सम्मृद्ध नेपाल निर्माण गर्ने शंकल्प सहित अहिलेको पत्रकारिता स्थापित गरिएको हो । तर, देशको सामाजिक आर्थिक बिकासको सम्बाहकको रुपमा अभिमत पाएको नेपाली पत्रकारिता यतिबेला फेरि एकपटक आफ्नो सामाजिक आर्थिक बिकासको दायित्ब निर्वाहमा चुकेको छ ।

अबको यो यूग कृषि र स्वास्थका लागि नै भनेर यो संसारलाई थाहा छ । संयूक्त राष्ट्र संघका एजेन्सी देखि हाम्रा स्थानीय क्षेत्रिय संङ्गठनहरु स्वस्थ खाद्यान्न र उन्नत कृषिकै लागि भनेर लागिपरेका छन् । तर यता हाम्रा मिडियाहरु के गर्दैछन्.. ! फगत एउटी किशोरीको देहको चर्चा या उनको मेहनत या स्वाभिमानको कदर हुँदैछ...! तरकारिवाली (कृषि—सुन्दरी) सामाजिक सञ्जालमा छाएकी गोरखा जिल्लाकी एक स्बाभिमानी नेपाली छोरी, कृषि—सुन्दरी, बिद्यार्थी— कुसुम श्रेष्ठको मेहनतको कदर सन्सारभरि भईरहेको बेला, सम्पुर्ण नेपाल र नेपालीको स्बाभिमान र मेहनतको प्रतितिधित्व भईरहेको छ । यस्तो उदाहरणिय कार्यको सकारात्मक पाटोबाट बिश्वमा नेपाली कृषि प्रर्बधन गर्ने अबसर आज नेपाली सञ्चारका टाइकुनहरुले छुटाईरहेका छन् । अझ शर्मको कुरा त बिश्वसमाजमा सञ्चार जस्तो बौदिक क्षेत्रले, ईन्टो«भर्ट स्बभाबकी, त्यति खुलेर नवोल्ने ती कृषि—सुन्दरी कुसुम लाई दृश्यमा हकार—पकार शैलीमा अन्तरर्वाता लिँदै उनैलाइ नर्भस गराईरहेको आभाष हुनुले नेपाली मिडिया भित्रको शिष्टता आफैमा उदाङ्गिएको अड्कल गर्न सकिन्छ ।

नेपाली पत्रकारिता राष्ट्रको चौथौ अङ्ग हो । यसले राज्यको गरिमा र प्रतिष्ठासंग जोडिएर काम गर्न सक्ने क्षमता राख्छ । बिषय अनगिन्ति छन । समाचारका स्रोत चारैतिर छरिएका छन । बिश्लेशण र ब्याख्या गर्ने बिबिध कोणहरु छन् भने किन सकारात्मक पक्षबाट बिकासे पत्रकारितामा टेवा नपुर्याउने..? किन कुनै पत्रकारिताका हस्तीहरुले भेटाएनन् ति कृषि—सुन्दरी कुसुम र उनको सम्मानीत काम कृषिको प्रवर्धन गर्ने खालको समाचारीय कोण या दृष्टिकोण.. ? र उनलाई त्यसरी बिकाउ बस्तु जस्तो प्रस्तुत गरियो. ? के आर्थिक बिकाशका लागी कृषिमा बिस्वास छ्रैन बौदिक भलादमीहरुलाई.. ? कृषि प्रर्वधनका लागी ति किशोरीलाई प्रेरणा स्रोतको रुपमा किन प्रस्तुति दिन सकिएन.. ? मुल्याँङ्कन गरौ उनको सामाजिक उचाई कहाँ दिगो छ, मोडलिङ्गमा कि एउटा कृषिको प्रेरणा स्रोतको रुपमा.. ? उनले त यो देश र समाज हाँक्ने, वाकिय कलामा मात्र बिस्वास राख्ने प्रबुद्ध बिद्वानहरुलाई चुनौति दिईसकिन, “मैदानमा ओर्ल, काम गरेर देखाउ र समृद्ध समाज निर्माण गर” । तर आज यो बौदिक जमात लाचार भएर उनको सुन्दरताको बयान गर्दै अलमलिएको छ ।

कुल राट्रिय गार्हस्थ उत्पादनमा कृषिको भूमिका प्रतिबर्ष सरदर ६० प्रतिशतले धान्नेगरेको तथ्याँङ्कहरुले देखाउँछन् । सन १९८० को दशक सम्म पनि नेपालमा ९० प्रतिशत जनताको मूल अर्थतन्त्र कृषि नै रहेको कृषि तथ्याँङ्कहरुमा उल्लेख छ । आम्दानी र उत्पादनका लागि बिबिध आयामहरु बोकेको असिमित स्रोतयूक्त सम्मानित पेशा हो; कृषिपेशा । यसलाई अझ ब्यवस्थित गराई कृषकलाई पुरस्कृत गराउन राज्य र सञ्चार दुवैको भूमिका अपरिहार्य छ ।

नेपालको पर्यटकिय आधार भनेको कृषि, जडिबुट्टि, प्राकृतिक र साँस्कृतिक सम्पदाहरुनै हुन । सरकारको अन्तराष्ट्रिय पर्यटन बर्ष सन २०१७/०१८ नजिकिदै गर्दा पयटन बिस्तारसंगै नेपाल सरकारले नेपाली कृषि र कृषिजन्य उत्पादनको प्रबर्धनका लागि यो समय भरपूर अवसरको रुपमा प्रयोग गर्न सक्छ । यहाँ अब दंक्ष नेपाली जनशक्तिको खाँचो छैन । बरु रोजगारीका लागि पलायन भएका यूवाहरुलाई फिर्ता बोलाउनु छ । रोजगारी र आम्दानीमा ब्यावशायिक आकर्षण श्रृजना गराउनु छ । कृषिपेशा एउटा असिमित आम्दानी मूलक दिगोपेशाको रुपमा स्थापित गराउन सरकार र मिडिया दुबैको लागि अबसरको समय हो यो । राज्यका तर्फबाट पनि कृषि र कृषिजन्य उत्पादित फसलको उचित मूल्य र सहज बजारिकरणको ब्यवस्थापन स्थानीय स्तरदेखि नै मजबुत गरिनु पर्दछ । त्यसैगरि, बैदेशीक रोजगारका लागि पलायन भएका यूबालाई स्वदेशी रोजगारमा आकर्षण थप्नसके उनिहरु स्बदेश फर्कने वातारबण बन्नुका साथै सम्मृद्ध समाज निर्माणको जगमा एउटा ईट्टा थपिने कुरा निश्चित छ । 

बिषेशगरेर समय सन्दर्भमा, राजनैतिक र सामाजिक बृत्तमा आत्मनिर्भरता र शसक्तिकरणको बहस चर्चामा आउने गर्छ । नेपाल सधैं एउटा निश्चल प्राकृतिक कृषिमा आस्रित मुलुक हो । बरु नेपाली स्वाभिमान नै प्राकृतिक र आत्मनिभर पनि छ । परनिर्भर त शसक्तिकरण र आत्मनिर्भरताका अभियन्ताहरुले बनाए । शसक्तिकरण गराए र आत्मनिर्भर मात्र बनाए तर समृद्ध समाजको बहस हुनै दिएनन । नेपाली स्वाभिमान कहिल्यै कुनै ईतिहासको कालखण्डदेखी वर्तमान सम्म परनिर्भर छैन । बरु ब्यवशायका लागी यो सन्सार नै एकआपसमा समानान्तर निर्भर रहन्छ । त्यहि आपसि निर्भरताले बिनिमयको माध्यमबाट सम्मृद्धिका लागी ढोका खुल्ने हो ।

यीनै बालुवाले बनेको खाडि मूलूकहरुमा, फिलिपीन्सबाट केरा आउँछ । भारत र पाकिस्तानबाट दाल—चामल आलु प्याज आउछ । अस्ट्रेलिया, न्यूजल्याण्ड र अफ्रिकन मुलुकबाट खसी, बोका, बाख्रा र भेडा च्याँग्रा र कुखुरा आउँछन । त्यस्तै,अरब देशहरुमै बालुबामा उमारिएका टमाटर, हरियो साग स्थानीय बजारमा बिक्रीका लागि ल्याईन्छन् । नेपालको कुन कृषि उत्पादन  अन्तराष्ट्रिय बजारमा पठाईन्छ.. ? अरवको कुन बजारमा आज नेपालीले आफ्नै देशको तरकारि या फलफूल खाएँ भन्न पाएको छ.. ? तसर्थ कृषिमा अन्तराष्ट्रिय ब्यापार बिस्तार गरि कृषकको समग्र आर्थिक बिकाश गराउनु अहिलेको आवश्यकता हो । बरु कृषि पेशा  र समृद्ध कृषि—समाजको निर्माणमा योगदान पूर्याउन सहज आन्तरिक तथा बाह्य निर्यात ब्यापार ब्यवस्थापन चुस्त—दुरुस्त बनाउनु हाम्रो पहिलो शर्त हुनेछ ।

प्रसंग फेरी कृषि—सुन्दरीको आर्थिक अवस्था कमजोर हुनु कसैको ब्यक्तिगत दोष होईन । यदि दोष हो भने पनि राज्यले नै यसको जिम्मेवारी लिनुपर्छ । आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो रोजाइ अनुसारको नर्सिङ्ग बिषय पढ्न नपाएर ब्यवस्थापन शंकाय कक्षा ११ मा भर्नाभएकी ती कृषि—सुन्दरी कुसुमको इच्छा नर्स बन्ने नै छ, उनले यो कुरा पटक पटक भनिरहेकि छिन् । तर उनको ईच्छा बिपरित एकाएक उनका रंगीन तस्वीरहरुले सजाएर सञ्चारका पानाहरु बिक्री गरिए सन्सारभरी । यो कृयाकलापले नेपाली सञ्चारको स्तर निर्धारण कुन कडीबाट होला ! बिकाश र समाधानमुखी पत्रकारिता नै सामाजिक—आर्थिक रुपान्तरणको सेतु बन्नसक्छ । पत्रकारिताका माध्यमबाट मात्र समाजलाई सम्मृद्धि तर्फ रुपान्तरित गराऔं ।

मानब अधिकार सबैकालागि नैसर्गिक अधिकार हो । नेपालको संम्बिधान मै ब्यवस्था गरिएका यी अधिकारहरु स—सम्मानित कार्यान्बयन गर्न र गराउन मिडिया एक शसक्त माध्यम हो । ति कृषि—सुन्दरी कुसुम श्रेष्ठको पनि थाहा पाउन पाउने अधिकार, स्वतन्त्रताको अधिकार, र गोपनियताको अधिकार संरक्षित होला । सबैको अधिकारका सबैले सम्मान गरौ । उनको ब्यक्तिगत ईच्छामा हस्तक्षेप नगरौं, सहयोगी मनहरुबाट उनको नर्स बन्ने सपना साहाकार होस् । जय होस नेपाली कृषकहरुको ! 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ