arrow

स्याङ्जामा देखियो नाकाबन्दीको असर

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
12246897_1018751438185629_6694318625610923526_n.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा । मधेशवादी दलको आन्दोल र भारतले लगाएको अघोषित नाकाबन्दीको असर स्याङ्जामा पनि देखिन थालेको छ । स्याङ्जाबाट १ सय २५ किलोमिटर भारत सगँ जोडिएको सुनौली नाका बेला बेलामा ठप्प भएपनि हाल सम्म खासै अभाव सिर्जना भएको देखिएको थिएन । आन्दोलनको चरण लम्विदै जादा स्याङ्जामा कृतिम अभावदेखि औषधी र खाद्यन्नमा देखिन थालेको छ । जसका कारण स्याङ्जाको जनजिवन पनि कष्टकर हुन थालेको छ । कष्टकर सगै कालो बजारको पनि विगविगी बढ्न थालेको छ । 

दैनिक आवश्यक पर्ने पेट्रोलियम पदार्थ र ग्यासको हाहाकार हुन थालेको एक महिना भन्दा बढी हुन थालेको छ ।  जिल्लाबाट भारतको सिमा नाका नजिकै भएकाले सर्वसाधरणहरुले महङ्गोमा तेल र ग्याँस खरिद गरि काम चलाउ अवस्थामा रहेका थिए । कृतिम अभाव सगै अहिले स्याङ्जाका बजारहरुमा खाद्यन्नको अभाव हुन थालेको छ भने औषधीमा समेत अभाव हुन थालेको देखिएको छ । ग्रामिण क्षेत्रमा अभावको कुनै प्रभाव नदेखिएपनि औषधीको अभाव भने देखिन थालेको औषधी व्यवसायीहरु बताउछन् । दैनिक सेवन गर्नुपर्ने मधुमेह, मुटुका रोगीहरुको औषधीको चरम अभाव देखिन थालेको औषधी व्यवसायी नेत्रप्रसाद पाण्डे बताउछन् । निजि क्लिनिकले मात्रै औषधीमा धानेको भएपनि स्वास्थ्य संस्थाहरुमा भने औषधी नभएको महिनौ भएको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । औषधी सगै ग्याँस नपाएर होटल व्यवसायीहरु पनि मर्कामा परेका छन् । दशै देखि ग्याँस नपाएपछि माटोको चुलोमा दाउरा प्रयोग गरेर व्यवसाय चलाउन परेको होटल व्यवसायीहरुको दुखेसो छ । सरकार सगँ अपेक्षा राख्न नसकिने भन्दै होट व्यवसायी गुमान सिंह रानाले त नेपाली जनता एक भए आशा गर्न सकिएला नत्र सरकारको के आशा गर्नु रानाको गुनासो थियो । उनी त एक मात्र होटल व्यवसायी पात्र मात्रै हुन् । जिल्लाका अधिकाँश होटलहरु अहिले दाउरा प्रयोग गरेर संचालन गर्न बाध्य छन् । कतिपय साना होटल व्यवसायी त होटल नै बन्द गर्नुपर्ने अवस्थामा रहेका छन् । ग्याँसमा पनि कालोबजारी हुन थालेको होटल व्यवसायीको गुनासो छ । स्याङ्जा सदरमुकाम पुतलीबजार, वालिङ र गल्याङ जिल्लाकै ठुला व्यपारीक केन्द्रका रुपमा चिनिने गर्दछन् । ठुला व्यपारीक केन्द्र भन्दा बाहिर रहेका साना व्यपारीक केन्द्रमा पनि होटल व्यवसायीको उत्तिकै समस्या देखिएको छ । 

अर्को तर्फ पेट्रोलको लाइनमा बस्दा बस्दै हैरानी खेप्न परेको सर्वसाधरणको भनाई छ । नेपालको सरकार भन्दा पनि भारतको सरकारले बुद्धि पु¥याइदिए हुन्थ्यो भन्दै सरकारलाई कुटनितिक प्रयोग गरि समाधान गरिदिन स्याङ्जावासीको आग्रह छ । अहिले सम्म स्याङ्जामा लाइनमा बसेर मोटर साइकलमा तेल राख्ने अनुभव पहिलो भएको समाजसेवी धु्रवशर्मा पंगेनी बताउछन् । अर्को तर्फ तेलको अभाव भएपछि ग्रामिण क्षेत्र र राजमार्गमा सर्वसाधरणले महङ्गो र कठिन यात्रा गर्नुपरेको अवस्था रहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवस्था सकिन लागेको भन्दै स्याङ्जावासीले आक्रोस समेत पोखेका । यता यातायात व्यवसायीहरुले भने सरकार सगँ आशा भन्दा पनि स्याङ्जाको प्रशासन सगँ रुष्ट देखिएका छन् । आएको तेललाई समानुपातिक तवरले वितरण नगरिदिदा महङ्गोमा तेल किनेर सेवा दिनुपरेको व्यवसायीहरुको भनाई । प्रशासनको निकम्वा पनले गर्दा स्याङ्जाका यातायात व्यवसायी मर्कामा परेको आँधिखोला यातायात व्यवसायी समितिका सचिव गुणनीधि काफ्लेले बताए । सेवा दिनुपर्ने एकातिर महङ्गोमा तेल किन्नु परेको समस्या अर्कोतिर सचिव काफ्लेले भने,“सेवा र महङ्गो तेलका कारण भाडा बढाउनु परेको छ भने प्रहरीले भाडा बढी लिएको भनेर हैरानी खेप्नु परेको छ ।” आएको तेललाई प्रशासनले समितिको सिफारी अनुसार वितरण गरेमा कोही मर्कामा नपर्ने काफ्लेको सुझाव छ । 

सरकार र दलहरुले घर भित्रको समस्या घर भित्रै सुल्भाउनु पर्ने र कुटनीतिक पहलबाट भारतको समस्या समाधान गर्ने तर्फ लाग्न आग्रह गरिरहेका स्याङ्जाबासीले भुकम्प पछिको मानव संकट झेलिरहदा कालो बजारीले पनि उत्तिकै समस्या झेल्नु परेको छ । जिल्ला भित्र मौलाएको कालोबजारीलाई प्रशासनले रोक्नुपर्नेमा प्रशासननै मौन बस्नुले प्रशासनको पनि मिलेमतो होकी भन्नेमा स्याङ्जावासी रहेका छन् । खाद्य सामाग्री दाल, चामल, चिनी, खाने तेल र निर्माण सामाग्रीमा समेत कालो बजारी बढेको उपभोक्ताहरुको गुनासो छ । प्राय जासो भारतबाट आयतीत सामाग्रीहरुमा कालोबजारी बढेको छ ।  नाकाबन्दीको मौका छोपी कालोबजारी गर्ने व्यवसायीहरुलाई छानविन गरी कानुनी दायरामा ल्याउनु पर्ने स्थानीयहरुको भनाई छ । यस सम्वन्धमा स्याङ्जाकी प्रमुख जिल्ला अधिकारी इन्धु घिमिरेले भने कालोबजारी गरेको उजुरी दिएमा कारवार्हि गर्ने बताएकी छन् । भारतले गरेको अघोषित नाकाबन्दीले चौतर्फी अभाव खेपी रहेका बेला कालोबजारीलाई प्रशासनले के कारवाहि गर्छ त्यो भने हामीले हेर्न बाँकी रहेको छ भने आएको उपभोग्य सामाग्रीलाई समानुपातिक र औषधीलाई प्रशासनले आयत गर्न पहल गर्नु पर्ने देखिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ