arrow

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
olympic-france-start.jpg

काठमाडौँ । स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह सहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन् । 

पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको उद्घाटन समारोहसम्ममा चार सय ५० भन्दा बढी सहर हुँदै करिब १० हजार मसालवाहकले मुलुकभर ११ साताको यात्रा शुरु गर्नेछन् । 

सन् १९९० को दशकमा मार्सेली टिमबाट खेल्ने पूर्वफुटबल खेलाडी बेसिल बोलीले बिहीबारको पहिलो रिले नोट्रे डेम डे ला गार्डे बेसिलिकाबाट शुरुआत गरे । 

बास्केटबल खेलाडी टोनी पार्करले बिहीबारपछि रिलेमा आफ्नो पालो लिनेछन् । मसाल बोक्नका लागि एक तरबारबाज च्याम्पियन, एक स्केटबोर्डर, एक मिसेलिन–ताराङ्कित सेफ र एक हास्य अभिनेतालाई पनि छनोट गरिएको छ । 

मार्सेलीका उत्साही फुटबल प्रशंसकहरूको घर प्रसिद्ध स्टेड वेलोड्रोमको छतमा मसाल लैजानका लागि सहभागीहरूले सहरको सबैभन्दा प्रतीकात्मक स्थानहरूमार्फत दिनभर दौडने तालिका छ । 

सहरले बुधबार ओलम्पिक ज्वालाको आगमनको खुशीयाली धुमधामसँग मनायो । मार्सेलीका मेयर बेनोइट पायनले ओल्ड पोर्टमा दुई लाख ३० हजारभन्दा बढी मानिस समारोहमा सहभागी भएको बताए। 

खेलहरूको समयमा मार्सेलीमा नौकायान प्रतियोगिता र केही फुटबल खेल आयोजना हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ