- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौँ जिल्लासहित आसपासका जिल्लामासमेत सर्प उद्दार गर्ने उद्दारकर्ता हुन् । उनले विगत ४ वर्षदेखि सर्प उद्दार गर्दै आएका छन् ।
काठमाडौँमा पाइने प्रायः सबै प्रजातिका सर्प उद्दार गरेका छ्न् । जसमध्यको एक सर्प हो किङ कोब्रा अर्थात कालीनाग ।
काठमाडौँको रिङरोड बाहिर दक्षिणकाली सुन्दरीजल, साँखु शालीनदी, ललितपुर बडिखेल लगायतका विभिन्न ठाउँबाट दुई दर्जनभन्दा बढी किङ कोब्रा उद्दार गरेका छन् ।
उद्दार गरिएका सर्पहरु जिल्ला वन कार्यलय, निकुञ्जहरुसंघ समन्वय गरी सुरक्षित बासस्थानमा छाडिने गरेको छ।
उद्दारको लागि आवश्यक सामान औजार जिल्ला वन कार्यालय, दक्षिणाकाली नगरपालिकाबाट उपलब्ध गराइएको छ ।
सर्प पर्यावरणीय एवंं धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ ।