arrow
ADVERTISEMENT

बालेन र वडा अध्यक्षबिच विवाद : नगर सभा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
ktm-mayor-deputy-mayor-nagar-sawa-2081.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ। शुक्रवार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो। आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो।

आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो।

यस्तै, काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।

न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो।

यसैबीच मेयर बालेन्ले शुक्रवार एक स्ट्याटस लेख्दै काङ्ग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।

उनले काङ्ग्रेस-एमालेका जनप्रतिनिधिले बिपी र पुष्पलालको नाममा करोडौँको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफूले त्यसको बदला चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 
"एमाले काङ्ग्रेसले बिपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानु भयो।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ