arrow

मन्त्रालय रित्ता, कसले देला राष्ट्रिय सभाको बैठकमा जवाफ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
cabinet-parliament-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ः १५ बजेका लागि बोलाइएको छ।

बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परराष्ट्र मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।

तर सत्ता समीकरण बदलिएसँगै बुधबार रातिमात्रै एमालेका ८ मन्त्रीले राजीनामा दिएसँगै सम्बन्धित मन्त्रालय खाली छन् । 

जसपाबाट भएका मन्त्रीहरुले पनि राजीनामा दिँदैछन् । 

यो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

यसले गर्दा राष्ट्रिय सभा बैठकले निरन्तरता पाउनेमा पनि शंका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ