arrow

योजनाहरू शिलान्यास मात्रै गरेर छोड्नु हुँदैन - देउवा [भिडियो]

मंगलादेवीको नाममा भवन शिलान्यास गर्न पाउनु सौभाग्यको विषय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
deuba-04-02.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् । उनले शिलान्यास गर्ने तर नबनाई दिँदा अलपत्र हुने भन्दै कुनै पनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताए । 

उनले स्व.मङ्गलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए । उनले मङ्गलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताए । उनले मङ्गलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग चाहिने बताए । 

उनले भने, ‘आज मङ्गलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । मङ्गलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभएर मङ्गलादेवी सिंह आफैँमा पनि मङ्गलादेवी सिंह हो । त्यसकारण उन गणेशमानजीको श्रीमतीको नामबाट होइन । मङ्गलादेवी आफैँमा एउटा संस्था हो । उनको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदीबहिनी हरूबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ