कांग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ- देउवा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
511
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । आइतबार ४२ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै कांग्रेसीहरुले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे ।
उनले विश्वेश्वरप्रसाद कोइराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम र उनको योगदान अविस्मरणीय रहेको बताए । उनले कोइराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको पनि बताए ।
उनले भने, ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर । अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई । बिपी कोइरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबै कुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उनको योगदान छ । राजनीतिमा उन जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’