arrow

सबै राजनीतिक दलहरुबीच सहमतिबाट संविधान संशोधन - देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
deuba-04-06.jpg

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताए । सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताए । 

उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए । 

सभापति देउवाले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरुबीच संवाद, सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता केपी शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा उन विश्वासको मतका लागि आज प्रतिनिधि सभामा प्रस्तुत हुनुभएको छ ।’

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले कांग्रेस र एमाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ