‘नेपाल पठाइदिनुभन्दा साहुजीले यतै मारेर फालिदिन्छौँ भन्थे’

प्रकाशित मिति : २०७२ पौष २ बिहिबार
सुशील दर्नाल, काठमाडौँ । तीन वर्ष छ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गरेकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाईन् । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उनले मानसिक र शारीरिक यातना खेप्नुप¥यो । 

“घरको आर्थिक अवस्था कमजोर थियो, दुई÷चार पैसा होला भनेर लेबनान पुग्दा धेरै दुःख पाइयो, साहुले दिनमा एक छाक मात्र खाना खान दिन्थ्यो, दिनदिनै कुटपिट गरेर दुव्र्यव्यहार गर्ने गथ्र्योे, पानीसमेत खान नदिने” उनले गुनासो गरिन्। काम गर्ने ठाउँबाट भागेर सेल्टरको सहयोगमा नेपाल आएकी उनले हाल पौरखी नेपाल नामक संस्थाको संरक्षणमा मानसिक बिरामीको औषधि सेवन गरिरहेकी छन् । 

“म लेबनानमा बस्दासम्म परिवारलाई कहिल्यै फोन गर्न पाइनँ, त्यहाँ रहेको कोही नेपालीलाई भेट्न पाइनँ’ उनले भनिन्, “मलाई नेपाल पठाइदिनुभन्दा जान पाउँदिनस् जाने हो भने यतै मारेर फालिदिन्छौँ, भन्थ्यो साहुले ।” यस्तै रोजगारीका लागि लेबनान पुगेकी काठमाडौँकी सुमित्रा बस्नेतले त्यहाँ करिब १८ घण्टा काम गर्नुपथ्यो, तर तोकिएअनुसारको तलब थिएन । छ वर्ष लेबनानमै घरायसी काम गरेकी काठमाडौँकी सुजिना बलामीले साहुको कुटाई, मानसिक र शारीरिक यातनाका कारण अहिले मानसिक बिरामीको औषधि सेवन गर्नुपरेको बताईन् । 

“दैनिक २० घण्टा काम गर्नुपथ्र्यो, कामअनुसारको तलब थिएन” उनले भनिन् । पाँच सय डलर तलब पाउने आशमा आफ्न्तको सहयोगमा लेबनान पुगेकी सिन्धुपाल्चोककी निङ्मा तामाङलाई त्यहाँ पुगेपछि जम्मा ५० डलरमा टारियो । निङ्माले पनि लेबनानमा दुई महिना बस्दा विभिन्न मानसिक र शारीरिक यातना खेप्नुप¥यो र अहिले मानसिक बिरामीको औषधि सेवन गर्नुपरेको छ । 

शान्तिमाया, सुमित्रा, सुजिना र निङ्मा लेबनानमा पुगी मानसिक र शारीरिक यातना भोग्ने पात्र मात्र हुन् । उनी जस्ता धेरै महिलाले वैदेशिक रोगजारीका क्रममा विभिन्न पीडा भोग्नुपरेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेल वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यता हो, तर कसैको लहैलहैमाभन्दा कुन देश जाने, के कामका लागि जाने, न्यूनतम पारिश्रमिक कति छ ? लगायतका विषयमा बुझेर मात्र जानुपर्छ भन्छन् । 

प्रवक्ता भुर्तेलका अनुसार नेपाल सरकारले ११० मुलुकमा रोजगारीको लागि खुल्ला गरेको छ । लेबनानका लागि भने वैदेशिक रोजगारीका लागि सरकारले खुल्ला गरेको छैन । कुरा नबुझिकन सानै उमेरमा वैदेशिक रोजगारीको लागि विदेश पठाउनु अभिभावकको पनि दोष भएको प्रवक्ता भुर्तेलको भनाइ छ । 

नेपालमा वार्षिक चार लाख ५० हजारभन्दा बढी युवाहरू श्रम बजारमा प्रवेश गर्दछन् । देशभित्र प्राप्त रोजगारीका अवसरमा नभएकाले दैनिक करिब एक हजार २०० देखि एक हजार ५०० युवाहरू वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति प्राप्त गर्ने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०५०÷५१ देखि २०७१÷७२ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीको सङ्ख्या ३९ लाख ७४ हजार ८७० पुगिसकेको छ । यसमा पुरुष सङ्ख्या ३८ लाख ३१ हजार ७२४ र महिला एक लाख ४३ हजार १४६ रहेको छ । 

श्रम तथा रोजगार मन्त्रालयले सकभर आफ्नै देशमा काम गर्न, अरूको लहैलहैमा, अनधिकृत दलालको भर परेर वैदेशिक रोजगारीमा नजान र यदि जाने भए सीप सिकेर मात्र जानका लागि अनुरोध गर्दै आएको छ । पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरूङले वैदेशिक रोजगारमा सङ्लग्न नेपाली महिला कामदारको अधिकार सुनिश्चित गर्न सरकार र सरोकारवालाबीच सहकार्यको आवश्यकता औँल्याईन् ।
नयाँ