arrow

 द्वन्द्वको घाउ

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछ- देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
sher-bd-deuba-04-23.jpg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा टीआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले कार्यदलले मेहनतसँग छलफल गरी प्रतिवेदन तयार पारेकाले अब शान्ति प्रक्रियाका बाँकी टुङ्ग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण रूपमा सम्पन्न भए नेपालबाट राम्रो सन्देश जाने र नेपालको शान्ति प्रक्रियाको अनुकरण गर्ने बताए । 

उनले भने, ‘साथीहरूले धेरै मेहनत गरेर नेपाललाई एउटा युनिक किसिमको आफैँले नै नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि यो मेहनत गरे । सबै धन्यवादका पात्र हुनुहुन्छ । नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुङ्ग्याएको खण्डमा संसारमा नै यो अनुकरणीय हुनेछ । र यसले नेपालको अझ पूर्ण रूपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रूपमा लिनेछन् ।’

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ