arrow

कोशीमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ