arrow

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
Hikmat-karki-cm-koshi.jpg
फाइल तस्बिर

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गरेका छन् । 

मोरङ निर्माण व्यवसायी सङ्घको २७औँ साधारण सभाको उद्घाटन गर्दै उनले व्यवसायीले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । 

उनले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुने गरी नीतिनियम सच्च्याइने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ ।” साथै उनले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गरे । 

निर्माण व्यवसायी महासङ्का अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायी गम्भीर आर्थिक समस्यामा परेका बताए ।

उनले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ