प्युठान को बिजुवारमा प्रभु बैङ्क को ३१५ औँ शाखा सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
876
Shares
काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा यही साउन २५ देखि प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा आफ्नो ३१५ औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ। जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीले बैङ्कको नयाँ शाखाको उद्घाटन गरेका हुन्।
प्रभु बैङ्क लिमिटेडले आफ्नो बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैङ्किङ सेवा विस्तार गरेको छ। प्रभु बैङ्कको यो अभियानले देशभरि नै बैङ्किङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैङ्कले जनाएको छ।
बैङ्कको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैङ्कले विश्वास लिएको छ।
त्यसै गरी, ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कले नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।
अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको प्रभु बैङ्क छोटो समयको अन्तराल मानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।