arrow

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबै मिलेर अगाडि बढौँ – शेरबहादुर देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
sherbahadur-deuba-81-4-30w.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्रतिनिधि सभाको बैठकमा छलफल गर्ने क्रममा पूर्व प्रधानमन्त्री देउवाले नेपालले गर्ने हरेक महत्वपूर्ण निर्णयमा दलहरु मिलेर अगाडि बढेकाले यो शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन पनि मिलेर अगाडि बढ्नु पर्ने बताए । 

उनले राजनीतिक दलहरु सँगसँगै विश्व समुदायले पनि यसलाई सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ