arrow

बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनी जनता माझ भ्रम नछर्न दिए चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
walendra-sah-balen-81-2-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरका मेयर वालेन्द्र साह (बालेन) ले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो भन्दै अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न आग्रह गरेका हुन् ।

बालेनले भनेका छन्– 'कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आएपछि हामी  काठमाडौँ महानगरले सो आदेशलाई  सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेशअनुसार  जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ