गुल्मी। गुल्मीमा बन्द र हड्तालले वामीटक्सार बजार लगायत अन्य बजारहरुमा यसको प्रभावले मानिसहरुको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
सरकारले ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाई तराईबाट टुक्रयाएर संसदमा दर्ता गरेको संविधान संशोधन बिधेयकको खारेजीको माग गर्दै आज १७औँ दिन आन्दोलन थप शसक्त बन्दै गएको छ ।
जिल्लामा पौष १,२ र ३ गते सम्म आम हड्ताल र बन्दले गर्दा आज पहिलो दिन वामीटक्सार बजार लगायत अन्य स्थानीय बजारहरु पूर्ण रुपमा बन्द भएका छन् ।
भने हिजोदेखि तिन दिनसम्म आम हड्ताल तथा बन्दले गर्दा छोटो तथा लामो दुरी यातायातका सवारी साधनहरु चल्न सकेका छैनन् । बन्दले गर्दा बजार, शिक्षण संस्था,वित्तीय संस्था,सरकारी तथा ग्रैर सरकारी संघ संस्था पूर्ण रुपमा बन्द भएका छन् ।
शनिबार वामीटक्सार बजार लगायत अन्य भुवाचिदी,आपचौर र स्थानीय बजारहरु संघ संस्था पूर्ण रुपमा बन्द गरिएको र हिजोको बन्द हड्ताल सफल भएको संयुक्त आन्दोलन परिचालन समितिको वामीटक्सारका संयोजक शुदर्सन शाक्यले जानकारी दिनुभयो । तश्वीर ःकौरव खत्री