विराटनगरमा सबैभन्दा बढी वर्षा, काठमाडौँ सातौँमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
1k
Shares
तस्बिर – कुलेश्वर डुबानमा ।
काठमाडौँ । मुलुकभर वर्षा भएको छ । देशभर मनसुनी वायुको प्रभाव रहँदा त्यसमा भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हो ।
जसका कारण देशका सयौँ सडक खण्ड वर्षापछिको पहिरो र डुबानका कारण अवरुद्ध भएका छन् ।
पछिल्लो २४ घण्टामा (शुक्रबार साँझ ५ः४५ बजेसम्म) सबैभन्दा बढी विराटनगरमा १७० मिलिमिटर वर्षा भएको छ भने सबैभन्दा कम डडेलधुरामा १.८ मिलिमिटर वर्षा भएको छ ।
भैरहवामा १४०.७, सिमरामा १२२.१, पोखरमा १०६.६ मिलिमिटर वर्षा भएको छ भने धनगढीमा १०१.६, जनकपुरमा ९८.७, काठमाडौँमा ९७ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँमा परेको यो वर्षाले वरिपरिका नदी नालाहरुले खतराको सतह पार गरेका छन् । सो क्रममा विभिन्न स्थान डुबानमा परेका छन् ।
कुलेश्वर क्षेत्र पनि डुबानमा परेको छ । तस्बिरमा कुलेश्वर क्षेत्र–