विपदमा टिकट महँगो गरेको वायुसेवा संचालक संघले तीन दिनमात्र अपर लिमिटको टिकट नबेच्ने
बदलामा परल मूल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन माग
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
1.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । वायुसेवा संचालक संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ ।
सडक सञ्जाल विच्छेद भएपछि हवाई कम्पनीहरुले टिकटको मूल्य बढाएको चौतर्फी आलोचना भएका बेला संघले अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन् ।
संघले भनेको छ, ‘संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै असोज १४ गते सोमबारदेखि १६ गते बुधबारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरियो ।’
साथै संघले परल मूल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन मागसमेत गरेको छ । यसरी हवाई इन्धनको मूल्य घटाएको अवस्थामा हवाई यात्रामा लाग्दै आएको फ्युल चार्ज स्वत घट्ने र यसको प्रत्यक्ष फाइदा यात्रुलाई हुने संघले बताएको छ ।
साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरुलाई लगाउदै आएको ल्याण्डिङ, पार्किङ, नेभिगेसन, प्यासेन्जर सर्भिस चार्ज लगायत अन्य दस्तुरहरुमा छुट दिई यात्रुरुको हवाई यात्रा सहज र सुलभ बनाउनपर्ने माग गरेको छ ।