तीन दिने वर्षाले निम्त्याएको बाढी पहिरोमा मृत्यु हुने दुई सय ३६ पुगे, १९ बेपत्ता, एक सय ७३ घाइते
१७ हजार १२० जनाको उद्धार, लामो यात्रामा निस्किनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
722
Shares
काठमाडौँ । तीन दिने वर्षापछिको बाढी पहिरो र डुबानका कारण हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।
नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १७३ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार १२० जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।
साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ ।