- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काभ्रेको तीनपीप्लेमा प्रहरी र स्थानीबीच झडप भएको छ । सोमबार पल्टिएको टिपरमा च्यापिएर शिक्षक कृष्ण त्रिपाठीको मृत्यु भएको विषयलाई लिएर आफन्तले बाटो बन्द गराएपछि खोल्न जाँदा झडप भएको काभ्रे प्रहरीले जनाएको छ ।
बाटो खुलाउने क्रममा भएको झडपमा एक स्थानीय घाइते भएका छन् । हुलहालमा ४ प्रहरीलाई चोट लागेको प्रहरी प्रमुख एवं एसपी सहकुल थापाले जानकारी दिए । प्रदर्शनकारीलाई बाटोबाट हटाउन प्रहरीले ३ सेल अश्रुग्याँस फायर गरेको एसपी थापाले हाम्राकुरालाई जानकारी दिए ।