मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
602
Shares
काठमाडौँ । नेपालीको दोश्रो महान् चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ ।
बिहान शीतमा मखमली फूल किसानहरू फूलबारीमा व्यस्त रहने गरेका छन् । मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् ।
अधिकांशका बारीमा ढकमक्क मखमली फुलेका छन् । कतिपयले सयपत्री फूलको खेती गरेका छन् । मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ ।
केही वर्षदेखि यसभेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि नेपाल मखमली, गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ ।