arrow

म्यानसिटीले ब्राइटनसँग हार भोगेपछि लिभरपुललाई फाइदा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
brighton-24-11-09.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए । १–० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार कमब्याक गर्दै सिटीलाई स्तब्ध बनाएको थियो । म्यानसिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।

यो जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडि रहेको छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ