arrow

चीनबाट अनुदान लिन हामी तयार छौँ - देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
deuba-08-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको स्पष्ट पारेका हुन् । 

उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए । 

उनले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।’

सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे । 



नयाँ