देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा बदली, तराई तथा उपत्यकामा हुस्सु
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
570
Shares
काठमाडौँ । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।