arrow

देशको राजनीति गम्भीर मोडमा छ – शेखर कोइराला

logo
सुनिल आउजी,  
प्रकाशित २०८१ पुष ७ आइतबार
shekhar-koirala-81-9-7.jpg

धनगढी । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशको वर्तमान राजनीतिक स्थिति गम्भीर अवस्थामा रहेको बताएका छन् । आज नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले देशको राजनीति जटिल मोडमा पुगेको बताएका हुन् । 

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक स्थायित्व दिन र जनताका चाहनाहरू पूरा गर्न मिलेको भए पनि सरकारले जनतालाई दिनुपर्ने विश्वास दिन नसकेको कोइरालाको आरोप छ । 

उनले यो सरकार गठन भएको पाँच महिना भएको भन्दै सरकारले जनतालाई दिनुपर्ने डेलीभरी दिन नसकेको सरकारलाई कुनै पनि किसिमको छुट नरहेको बताए । 

देश अहिले आर्थिक, सामाजिक र राजनीतिक हिसाबले गम्भीर अवस्थामा पुगेको भन्दै उनले सुशासनसहित भ्रष्टाभार नियन्त्रण गर्न सकिरहेको बताए । कोइरालाले भ्रष्टाभार झन् बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । 

जनताले दिएको म्यान्डेट अनुसार काम नभएको र संविधान संशोधन दुई पार्टीले मात्र गर्न नसक्ने भन्दै सबैसँग छलफल गर्न सरकारलाई सुझावसमेत दिए । 

उनले सरकारलाई कमजोर बनाउन विभिन्न शक्तिहरु लागिपरेको बताउँदै सरकार कुनै हालतमा डगमगाउनु पर्ने अवस्था नरहेकोसमेत उल्लेख गरे । 

१५ औँ महाअधिवेशमा आफ्नो सशक्त दाबी रहेको भन्दै उनले सभापति शेरबहादुर देउवा र महामन्त्री गगानकुमार थापासँग कुनै असमझदारी नरहेको स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा उनले गेटा मेडिकल कलेज छिटो भन्दा छिटो संचालन गर्न सरकारसँग दबाब दिने पनि प्रतिबद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ