arrow

अहिलेको राजनीतिक परिस्थितिमा किसुनजी, बीपीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ - शेखर कोइराला [भिडियो]

अहिले कांग्रेसमा विचलन छ , सभापतिले गुटलाई फस्टाइदिने काम गरिसकेपछि अप्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
shekhar-koirala-09-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् । सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई ४०-६० को भागबन्डामा लागेको आरोप लागे पनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य भएको बताए । 

उनले सभापति शेरबहादुर देउवाले सबै नेताहरूको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उनको स्पष्टीकरण थियो । सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरूलाई अप्ठ्यारो पर्ने जिकिर गरे । उनले पार्टी सभापति देउवा पूर्व प्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गटलाई फस्टाइदिने गतिविधि गरेको आरोप लगाए । 

उनले भने, ‘अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ । स्विकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबन्डामा लागि सक्नुभयो भनेर । ४०-६० को भागबन्डा भनेर भन्नुभयो । मैले पहिला भनेकै हो । तर भागबन्डा भनेर चुप लागेर बस्ने त होइन नि । उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अप्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ । इतिहासकारहरूले पनि यो बुझ्न जरुरी छ । त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरूले हो । अहिलेको आदरणीय सभापति किसानजीको एकदम अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अप्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । बीपी, गणेशमान र अरू नेताहरू भएको के गर्नुहुन्थ्यो ।’

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेन्डा लिएर अघि बढेको स्मरण गरे । अग्रजहरूले देखाएको बाटोमा नेपाली कांग्रेस हिँड्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ