-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।